धनकुटा नगरपालिकामा एक घर एक रोजगार

धनकुटा । संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिकाका मेयरका उम्मेदवार दिनेश राईले धनकुटा नगरपालिकामा एक घर एक रोजगार बनाउने बताउनु भएको छ ।

धनकुटा नगरपालिका वडा नं ४ को विभिन्न टोलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो । उहाँले धनकुटा नगरवासीहरुलाई आधार कार्ड वितरण गरी न्यूनतम मूल्यमा दैनिक उपभोग्य समाग्रीहरु उपलब्ध गराउने र महिला तथा यूवाहरुलाई रोजगारी समेत दिने उल्लेख गर्नुभयो ।

त्यस्तै उपमेयर पदका उम्मेदवार गणेश विष्टले धनकुटालाई नमूनाको रुपमा विकास गर्ने, जनताले देख्न र थाहा पाउने गरि विकास गर्ने वताउदै स्थानिय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नु भयो ।

यता नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई,प्रवक्ता खगेन्द्र घिमिरे,नेकपा माओवादी केन्द्रक धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती,नारायण विक,नेपाली कांग्रेसका नगर उपसभापती अभिशेक कर्माचार्य लगायतले विगत पाँच बर्षमा धनकुटामा विकास हुन नसकेकोले अबको विकास र समृद्धीका लागि यस पटक एक पटक मेयरमा दिनेश राई, उप मेयरमा गणेश विष्टलाई मतदान गरी विजय गराउन अपिल गरे ।

धनकुटा नगरपालिका वडा नं ४ का गठबन्धनका वडाध्यक्षका उम्मेदवार थिर वहादुर थापा, महिला सदस्यका उम्मेदवार रणमाया श्रेष्ठ,दलित महिला सदस्यका उम्मेदवार दूर्गा विक,खुल्ला सदस्यका उम्मेदवारद्धार टंक राना,गोभा पाख्रीनले ४ नं वडाका सवै टोलमा सडक निर्माण,सहज रुपमा खाने पानी र स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै आफुहरुलाई भोट दिएर जिताउन जनता समक्ष अनुरोध गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।