राष्ट्रिय मानव अधिकार आयोगद्वारा धनकुटाका सञ्चारकर्मी संग निर्वाचन आचार संहिताको पालना भए-नभएको विषयमा छलफल
धनकुटा । राष्ट्रिय मानव अधिकार आयोगले आज धनकुटाका सञ्चारकर्मीहरु सँग जिल्लामा निर्वाचन आचार संहिताको पालना भए-नभएको विषयमा छलफल गरेको छ ।
छलफलमा जिल्लाका कतिपय राजनीतिक दल, सञ्चारमाध्यम तथा सञ्चारकर्मीले आचार संहिताको उल्ल्लंघन गरेको पाईएको आवाज उठेको छ तर आचार संहिता विपरितका कार्यहरु भईरहँदा पनि जिल्ला प्रशासन कार्यलय सहित सम्बन्धित कार्यलय मौन वसेको पाईएको सहभागीहरुले बताएका छन् ।
सञ्चारमाध्यमहरुमा आचार संहिता विपरितका सामाग्री, घृणायुक्त भाषण (हेट स्पिच) प्रकाशन प्रशारण गर्न नहुने विषयमा छलफल भएको थियो । यस्तो क्रियाकलाप नियमनका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको समेत सहभागिहरुले बताएका छन् ।
छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका उप-सचिव मञ्जु खतिवडा, सदस्य लिलि थापा,मानव अधिकारका लागि महिला एकल महिला समूहका प्रदेश अध्यक्ष मिना तुम्बा राई, जिल्ला अध्यक्ष ईश्वरी श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिती थियो ।


