चौबिसेमा एमालेको शक्ति प्रदर्शन

नारायण कुमार राई/धनकुटा,२७ बैसाख । आसन्न स्थानीय चुनावलाई लक्षित गरेर चौबिसे गाउँपालिकाको राजारानी बजारमा नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

नेकपा एमाले चौबिसे गाउँकमिटीको आयोजनामा सम्पन्न ¥यालीमा चौबिसे क्षेत्रका हजारौ एमाले समर्थकहरुको उपस्थिति रहेको थियो ।

¥याली पछि गाउँकमिटी अध्यक्ष केशर लिम्बूको अध्यक्षतामा आयोजित आमसभालाई एमालेका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजेन्द्र कुमार राई,पूर्व संबिधान सभा सदस्य टिकाराम चेम्जोङ्ग लगाएत जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।

नेताहरुले चौबिसेमा आफ्नो सुनिश्चत भईसहेको दावी गर्दै २० दलकै गठबन्धन भएपनि त्यसको बिरुद्ध एमाले एक्लै काफी भएको बताए ।

चौबिसे क्षेत्रमा पर्ने भारत चीन जोड्ने तमोर करिडोर र भेडेटार हुँदै पाँचथर जाने कालोपत्रे सडक जस्ता ठूला आयोजनाहरु एमालेको सरकारकै पालामा भएकाले पनि जनताहरु एमालेको पक्षमा रहेको नेताहरुको भनाई छ ।

सभामा एमालेका तर्फबाट अध्यक्षका उमेद्वार राजकुमार चेम्जोङ्ग र उपाध्यक्षका उमेद्वार टंकमायाँ मगरले आफूहरु बिजयी भएपछि पाटीको निर्देशन र जनताहरुको चाहाना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖