महालक्ष्मी नगरपालिकामा गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता,कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि ठेलाठेल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आज संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् ।

गठबन्धनले महालक्ष्मी नगरपालिका वडा नं २ मा कोणसभा गरिरहेको ठाउँमा आएर नगरको एमाले नेता कार्यकर्ताले कार्यक्रम विथोल्न खोजेको गठबन्धनका नेता कार्यकर्ताले बताएका छन् । त्यसरी कार्यक्रम विथोल्न आएका एमाले नेता कार्यकर्तालाई सम्झाई बुझाई पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यता गठबन्धन तर्फका महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेद्धार कांग्रेस नेता ध्रुवराज रायले भने आफुहरुले कार्यक्रम सञ्चालन गरिरहेको ठाउँमा एमाले कार्यकर्ता नियोजित रुपमा आएर कार्यक्रम विथोल्न खोजेको वताउनुभएको ।

उहाँले भन्नु भयो “आज नगरमा एमालेको पनि मोटर साईकल र्याली रहेछ र्यालीमा हिडिरहेका एमाले नेता कार्यकर्ता हामीले कार्यक्रम गरिरहेको स्थल भन्दा केही पर आएर एकछिन रोकिएर जब मैले कार्यक्रमलाई सम्बोधन गर्न थाले अनि उहाँहरु आएर विथोल्न खोज्नुभयो ।”कार्यक्रम विथोल्ने प्रयास गरेका एमाले कार्यकर्ताले दाउरा टिपेर प्रहार गर्न खोजेको गठबन्धन नेता कार्यकर्ताले आरोप लगाएका छन् ।

जुन भिडियो आफुहरु सँग रहेको उनिहरुको भनाई छ । यता नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईन्द्रमणी पराजुलीले भने यो कुरा गलत भएको बताउनुभयो ।

उहाँले गठबन्धनले बाटो अवरोध गरेर कार्यक्रम गरेको र सोही बाटो भएर एमाले कार्यकर्ता पनि मोटर साईकल र्याली लिएर आउदै गर्दा बाटो अवरोध गरेकै निहुमा सामान्य ठेलाठेल भएको वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖