अपडेट : चौबिसे गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकामा ६०० मत गनिसक्दा १३ मतान्तरले गठबन्धनले अग्रता लिएको छ ।

परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले २९२ मत प्राप्त गर्दै १३ मतान्तरले अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले २७९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले २६० र एमालेका टंकमाया पांग्मीले २९७ मत प्राप्त गरेका छन् ।

धनकुटा नगरपालिकामा एमालेको सुरुवाती अग्रता

धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको सुरुवाती मत परिणाम सार्वजनिक गरिएको छ ।

४०० मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन लाल तामांगले २०७ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले १६९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपप्रमुख पदमा गठबन्धनबाट नेकपा माओवादीका गणेश बिष्टले १७० मत ल्याएर सुरुवाती अग्रता लिएका छन् भने एमालेका भिमादेवी खनाल(शान्ता) ले १६५ मत प्राप्त गरेका छन् ।

नगरको वडा नं १ वडा अध्यक्षमा मा एमालेका वांग्दा तामांगले ८५ र कांग्रेसका अमित लो ले ९१ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९३ र कांग्रेसका राज कुमार राईले ७८ मत प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖