चौबिसे गाउँपालिका अपडेट : अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता कायमै
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकामा ९०० मत गनिसक्दा २३ मतले गठबन्धनको अग्रता कायमै छ ।
परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ४३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ४११ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ३८८ र एमालेका टंकमाया पांग्मीले ४५० मत प्राप्त गरेका छन् ।
यो पनि…
धनकुटा नगरपालिका अपडेट : प्रमुख-उपप्रमुखमा एमालेको अग्रता कायमै
धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम ११:३० मा सार्वजनिक गरिएको छ ।
८०० मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन लाल तामांगले ४२६ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ३१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ३३५ मत प्राप्त गरेर गरेका छन् ।गठबन्धनबाट नेकपा माओवादीका गणेश बिष्टलाई पछि पारेका छन् । बिष्टले ३१६ मत ल्याएका छन् ।
नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले १८६ र कांग्रेसका अमित लो ले १७४ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले १९० र कांग्रेसका राज कुमार राईले १४६ मत प्राप्त गरेका छन् ।


