महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनको सुरुवाती अग्रता
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ध्रनुराज रायाले १५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिपक बुढाथोकीले ११८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेका मन्जु कुमारी कार्की(अधिकारी) ले १४५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका लाख बहादुर गुरुंगले १४६ मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का टेक बहादुर गुरुंगले १३९ मत प्राप्त गरेका छन् ।
पाख्रिबास नगरपालिका अपडेट : गठबन्धनको अग्रता कायमै
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा करिब दिनको १२ बजेबाट मतगणना सुरु भएको थियो । गणना नगरको वडा नं १ बाट सुरु गरिएको छ ।
अन्तिम पल्ट सार्बजनिक गरिएको मत परिणाम अनुसार २०० मत गणना गरिंदा नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंगले १२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भिम बहादुर राईले ६५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले ९९ मत प्राप्त गरेका छन् भने एमालेका नम्रता देउजाले ७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरि वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले १३१ मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का दुर्गा बहादुर थापाले ६१ मत प्राप्त गरेका छन् । ६ मत बदर भएको छ ।
नगरमा १७ हजार ८७ कुल मतदाता मध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका थिए । १० वटै वडा गरि कुल मतदाताको ६६.१० प्रतिशत मत खसेको थियो ।
पाख्रिबास नगरपालिकामा गठबन्धनले लियो सुरुवाती अग्रता
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा करिब दिनको १२ बजेबाट मतगणना सुरु भएको थियो । गणना नगरको वडा नं १ बाट सुरु गरिएको छ ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार १३० मत गणना गरिंदा नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंगले ८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भिम बहादुर राईले ४० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले ६८ मत प्राप्त गरेका छन् भने एमालेका नम्रता देउजाले ४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरि वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ८४ मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का दुर्गा बहादुर थापाले ३९ मत प्राप्त गरेका छन् ।
नगरमा १७ हजार ८७ कुल मतदाता मध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका थिए । १० वटै वडा गरि कुल मतदाताको ६६.१० प्रतिशत मत खसेको थियो ।
चौबिसे गाउँपालिका वडा १ अध्यक्षमा गठबन्धबाट कांग्रेसका श्रेष्ठ बिजयी
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका छन् । एमालेका श्रेष्ठले ४८६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि पछिल्लो परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ५०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेकपा एमालेका राजकुमार लिम्बुले ४६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले ४५४ र एमालेका टंकमाया पांग्मीले ५०९ मत प्राप्त गरेका छन् ।


