धनकुटा नगरपालिका अपडेट : प्रमुख-उपप्रमुख दुबैमा एमालेको अग्रता कायमै
धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम दिउंसो ४: ४५ मा सार्वजनिक गरिएको छ ।
१४१४ मत गनिसक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले ७६५ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले ५२६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ५८३ मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले बिष्टले ५६३ मत ल्याएका छन् ।
नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले ३१४ र कांग्रेसका अमित लो ले २८१ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ३२२ र कांग्रेसका राज कुमार राईले २७१ मत प्राप्त गरेका छन् ।
सांगुरीगढी गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता
धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा नेकपा एमालेका कुमार जंग याखाले ७८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका जितेन्द्र राईले ५७६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका मुना राईले ७८५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।
त्यसागरि वडा नं १ मा एमालेका गोबिन्द लिम्बुले ३८४ र गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का गजेन्द्र लिम्बुले ३०३ मत प्राप्त गरेका छन् भने वडा नं १० मा एमालेका एक बहादुर राईले ४१६ र नेपाली कांग्रेसका राजु राईले २७८ मत प्राप्त गरेका छन् ।


