छथर जोरपाटी गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबैमा गठबन्धनको अग्रता
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका छत्र बहादुर सुब्बाले १,०४५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शेर बहादुर लिम्बु ९४७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का गीता गुरुंगले १,०१९ मत प्राप्त गरेका छन् भने एमालेका गोमा कार्की (दाहाल) ले ८१२ मत प्राप्त गरेका छन् ।
विराटनगर महानगरमा प्रमुख पदमा कांग्रेसका कोइरालाको अग्रता
मोरङ, ३१ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिनुभएको छ ।
मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९, नेकपा (एमाले)का सागर थापाले २९६, राप्रपाका प्रल्हादप्रसाद साहले ७५ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले १११ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले ३४५, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले १९८, राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ९२, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले ६१ मत प्राप्त गर्नु भएको छ । कार्यालयले अर्को मतगणनाको सार्वजनिक सूचना साँझ ७ बजे गर्ने जनाएको छ ।
सन्धिखर्कमा एमाले उम्मेदवारको अग्रता
हरिप्रसाद भुसाल/वैशाख, ३१ अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका कृष्ण श्रेष्ठले अग्रता कायमै राखेका छन् ।
जारी मतगणनामा सन्धिखर्क नगरपालिका-१ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी ८ सय ७८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र भुसालले ८३२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका माधव श्रेष्ठले १०५५ मत प्राप्त गर्दा नेकपा एमालेका युवराज बन्जाडेले ९ सय ९ मत प्राप्त गरेका छन् ।


