धनकुटा नगरपालिका वडा नं १ अध्यक्षमा एमालेका तामांग विजयी

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं १ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ ।

जस अनुसार नेकपा(एमाले) का ओंग्द तामांग विजयी भएका छन् । तामांगले १,१६३ मत ल्याए भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमित लो ले १,०२६ मत प्राप्त गरेका छन् ।

खुला सदस्य,दलित महिला सदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् भने महिला सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

यस अघि नै वडा नं २ वडाबाट अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९०३ मत प्राप्त गर्दै प्यानलै विजयी बनेका छन् । वहांका निकटतम प्रतिद्वन्दी कांग्रेसका राज कुमार राईले ७०३ मत प्राप्त गरेका छन् ।

इलामका तीन वडामा एमाले र दुईमा गठबन्धनका उम्मेदवार निर्वाचित
इलाम, १ जेठ । इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा प्रदीप साङपाङ निर्वाचित भएका छन् । समाङपाङले आठ सय ३० मत पाउँदा निकटतम प्रतिष्पिर्धी काँग्रेसका जीवनकुमार राईले तीन सय ३४ मत पाएका छन् । प्रदिप निवर्तमान वडाअध्यक्ष पनि हुन् । महिला सदस्यमा एमालेकी पुनम सम्बाहाम्फे, खुला सदस्ययमा खगेन्द्र खड्का र दिवस राई निर्वाचित भएका छन् ।

इलाम नगरपालिका-१२ मा नेपाली कांग्रेसले प्यानलै विजयी भएकाे छ । वडाध्यक्षमा कांग्रेसका लाखमान लिम्बूले एक हजार दुई मत ल्याएका छन् भने निकटतम् प्रतिष्पर्धी एमालेका नवीनकुमार लिम्बूले नाै सय २० मत पाएका छन् । महिला सदस्यमा बीबी लिम्बू, दलित महिला सदस्य कुमारी ल्वागुन, खुला वडा सदस्यमा टीकबहादुर एक्तेन र नेत्रप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

यस्तै, माई नगरपालिका-१० मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गणेश राईले ६ सय ५८ मत ल्याएर निर्वाचित भए । उनका निकटताम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर आलेमगरले पाँच सय २४ मत प्राप्त गर्दै पराजित भए । महिला सदस्यमा एमालेकै कृष्णकुमारी थापा, दलित महिला सदस्यमा गीतादेवी गदाइली, खुला सदस्यमा राजकुमार गड्तौला र मोहनकुमार मगर विजयी भएका छन् ।

देउमाई नगरपालिका-१ मा पनि नेकपा एमालेलेको प्यानल निर्वाचित भएको छ । वडाध्यक्षमा एमालेका मीनराज श्रेष्ठ एक हजार दुई मत ल्याएर निर्वाचित भएका छन् ।

इलामको माईजोगमाई गाउँपालिका-२ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डम्बर बहादुर सुवेदी निर्वाचित भएका छन् । डम्बर बहादुर सुवेदीले एक हजार २९ मत पाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।