अपडेट : धनकुटा नगरपालिका प्रमुखमा एमालेका चिन्तन तामाङ,उपप्रमुखमा खनाल बिजयी

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार धनकुटा नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चिन्तन तामाङ ७,६६६ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिनेश राईले ७,६५२ मत ल्याएका छन् ।

त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले ७ हजार १ सय ९६ मत प्राप्त ल्याई बिजयी भएका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले ६ हजार ६ सय २९ मत ल्याएका छन् ।

सिदिङ्वाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी
फुङ्लिङ, ३ जेठ (रासस)ःताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) एक मतले विजयी हुनुभयो । राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गर्नुुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उहाँहरुको ७०३ मतको मत अन्तर रहेको छ ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी हुनुभएको छ । कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गर्नुभयो । कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उहाँ स्वतन्त्ररुपमा उम्मेदवार बन्नुभएको थियो ।

चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी
मङ्गलबारे, ३ जेठ (रासस) ः
चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ ।

नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उहाँ गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको हो । केरुङले छ हजार ६५० मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी खनालले तीन हजार ७५५ मत ल्याउनुभएको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) का नारायण लावतीले ५०५ मत ल्याउनुभएको छ ।

त्यस्तै गाउँपलिकाको उपाध्यक्षमा नेकपा एमालेका दिलकुमारी लिम्बू (लावती)ले चार हजार ४५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याउनुभएको हो ।

सो गाउँपालिकामा कूल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।