महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका राया र उपप्रमुखमा एमालेका कार्की विजयी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार ध्रुवराज राया ६,३२८ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार दिपक बुढाथोकिलाई १,१८९ मतान्तरले पराजित गरेका हुन् । पराजित दिपक बुढाथोकिले ५,१३९ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेका मन्जु कुमारी कार्की(अधिकारी) ले ५ हजार ३ सय ८४ ल्याई बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले ४ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् ।
पाँचथरकाे मिक्लाजुङ अध्यक्षमा माओवादीका अमर माखिम दाेस्राे पटक निर्वाचित
पाँचथर, ३ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्नेत पराजित गरेका हुन् ।
बस्नेतले ४ हजार २६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालय मिक्लाजुङले जनाएकाे छ । उनीहरूबीचकाे मतान्तर २ हजार ३९ हाे ।
यसअघि २०७४ सालमा पनि माखिम माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।
माखिमले पाएका सेवा सुविधाले अपाङ्गता भएका र विपन्न बालबालिकालाई पठनपाठनमा सहयाेग गरेका थिए । सवारी साधन नकिनेकाे, किसानहरूलाई प्राेत्साहन गरेकाे, सेवा प्रवाह चुस्त बनाएकाे भन्दै उनले वावाही पाउका थिए । उनै माखिम दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गाउँपालिकाकाे उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट कांग्रेसका सन्ताेषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् ।


