सहिदभूमि गाउंपालिकाको अध्यक्षमा गठबन्धनबाट एकिकृत समाजवादीका राईको अग्रता
धनकुटा । जिल्लाका ७ पालिका मध्ये ६ पालिकामा मतगणना सम्पन्न भएर मत परिणाम सार्बजनिक भइसकेको छ ।
अब सहिदभूमि गाउंपालिकाको मात्रै अन्तिम मत परिणाम आउन बांकी छ । गत बैशाख ३० मा देशैभरि एकसाथ सम्पन्न मतदानका दिन केही विवाद भएपछि त्यहांका ३ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । स्थगित मतदान केन्द्रमा हिजो शान्तिपुर्ण मतदान सम्पन्न भएको थियो ।
अहिले सहिदभूमि गाउंपालिका मतगणना जारी छ । पछिल्लो सार्बजनिक मत परिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का जीत बहादुर राईले ८२४ मत प्राप्त गरेका छन् भने नेकपा(एमाले) का मनोज राईले ३७३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा(एमाले) का रत्नश्वरी राईले ६०३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका तोर्ण बहादुर खड्काले ५२१ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा गठबन्धनबाट नेपाली कांग्रेसका रमेश राईले ६३६ मत ल्याएर बिजयी भएका छन् भने वडा २ र ३ मा मतगणना जारी छ ।


