गठबन्धनबाट विजयी यी वडाहरुमा स्वास्थ्य बिमा र व्यक्तिगत घट्ना दर्ता शूल्क वडा आफैले वेहोर्ने वडाध्यक्षहरुको घोषणा

धनकुटा । धनकुटा नगरपालिकाको वडा नं ५, ६ र ७ मा स्वास्थ्य बिमा र व्यक्तिगत घट्ना दर्ता नि:शूल्क गरिने नव निर्वचित वडाध्यक्षहरुले बताएका छन् । शुक्रवार पद वहालीको क्रममा बोल्दै उनिहरुले त्यस्तो बताएका हुन् ।

ती वडाका नागरिकको सहजताका लागि स्वास्थ्य बिमा, व्यक्तिगत घट्ना दर्ता वडाले नै गरिदिने उनिहरुले स्पष्ट पारेका छन् ।

गठबन्धनको तर्फबाट नगरको वडा नं ५ मा विजयी वडाध्यक्ष धन कुमार राई,वडा सदस्यहरु कृष्णमाया श्रेष्ठ,दुर्गा दर्जी,गोविन्द राई,टिका श्रेष्ठ, वडा नं ६ का वडाध्यक्ष मिलन कुमार खड्गी, वडा सदस्यहरु कुसुम जोशी श्रेष्ठ,रेजिना हिङमाङ्,मन कुमारी राई र पुरुषोत्तम अर्याल लगायतले जनताको पक्षमा निर्णय गर्दै उल्लेखित कार्यमा शूल्क नलिने घोषणा गरेका हुन् ।

त्यस्तैगरि वडा नं ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,वडा सदस्यहरु ज्ञानु राई,आशा विक,केदारनाथ श्रेष्ठ,अविन्द्र राईले पनि पद वहाली गर्दै ७ नं वडामा जन्म दर्ता,मृत्यू दर्ता, विवाह दर्ता र नागरिक्ता सिफारिस नि:शूल्क गर्ने, दलित ,अपाङ्गता,अतिविपन्न,एकल महिला,अल्पसंख्य,जेष्ठ नागरिकहरुको वडा आफैले स्वास्थ्य बिमा गरिदिने र कर घटाउन समेत पहल गर्ने घोषणा गरेका छन ।

धनकुटा अस्पताललाई स्तरोन्नती गरी गुणस्तरीय सेवा प्रदान गर्न पनि पहल गर्ने वडाध्यक्ष श्रेष्ठले वताउनु भयो । नगरमा गठबन्धनले तिजेको वडा नं ३ र १० का जनप्रतिनीधिहरुले भने जेष्ठ ९ गते सोमवार पद वहाली गर्ने नेपाली कांग्रेस धनकुटाका सचिव तथा नगर संयोजक विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सल्लाहकार विकास प्रधान,दिनेश अमात्य,धनकुटा नगर सभापती नरेश श्रेष्ठ,जेष्ठ नागरिक सभाका सदस्य भोलानाथ घिमिरे,पूर्व जिल्ला सदस्य दिनेश भण्डारी लगायत नेताहरुको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।