सहिदभूमि गाउंपालिका अध्यक्ष-उपाध्यक्षले गरे पदभार ग्रहण
धनकुटा । बैशाख ३० सम्पन्न स्थानिय तह निर्वाचनमा सहिदभूमि गाउंपालिका अध्यक्ष पदमा पुनः निर्वाचित मनोज राईले पदभार ग्रहण गर्नुभएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यलय धनकुटाले सपथ ग्रहण गराए पछि अध्यक्ष राईले प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत लोचन प्रसाद दाहाल बाट ५ वर्षको लागि औपचारिक रुपमा गाउँपालिकामा पदभार ग्रहण गर्नु भएको हो ।
त्यस्तै गरी अध्यक्ष राईले गाँउपालिकाको उपाध्यक्षमा पुनः निर्वाचित रत्नश्वरी राई सहित ७ वटै वडामा निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई गाउपालिकाको कार्यलयमा सफत ग्रहण गराउनुभएको थियो ।
अध्यक्ष राईले पदभार ग्रहण गर्दै आगामी दिनमा गााउपालिकालाई समृद्ध बनाउन गाउपालिकामा धेरै समस्या रहेको र मुख्य समस्यालाई प्राथमिकतामा राख्दै जनतालाई सधै शिरमा राखेर काम गर्ने बताउनु भयो ।
दिगो शान्ति, सुसान विकास र समृद्धिको क्षेत्रमा विपन्नता हटाउने, आर्थिक पछौटेपन, अशिक्षा, गरिवी, हटाउन सामाजिक न्याय क्षेत्रको काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले यस अघि सुरु गरिएका अधुरा र अपुरा कार्यहरु पूरा गर्ने प्रतिवद्धता समेत व्यक्तगर्नुभयो ।
सहिदभुमि गाउपालिका वासीले अध्यक्षमा जिताएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनु भयो । कार्यक्रममा बोल्दै प्रदेश संसद निरन राईले नवनिर्वाचित जनप्रतिनिधिहरु सिंगो गाँउपालिकाको आम नागरिकको आशा र भरोसाको केन्द्र बिन्दु भएको बताउदै कुनै पनि विभेद नगरीकन काम गर्न आग्रह सहित सहिदभुमिको परिवर्तनका लागि महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा नेकपा एमाले धनकुटाका उपसचिव कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


