धनकुटाका सातै स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न, यस्तो आयो परिणाम

धनकुटा,१६ जेठ । धनकुटाका सातै स्थानीय तहमा सोमवार कार्यपालिका सदस्य निर्वाचन सम्पनन भएको छ । जसमध्ये ४ पालिकामा नेकपा एमाले र ३ पालिकामा गठवन्धनको वहुमत आएको छ ।

निर्वाचन मत परिणाम अनुसार धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित हुँदा कार्यपालिकामा गठवन्धनको वहुमत आएको छ । त्यस्तै पाख्रिवास नगरपालिका , साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र चौविसे गाउँपालिकामा नेकपा एमालेको कार्यपालिकामा वहुमत आएको छ ।

धनकुटा नगरपालिकामा गठवन्धनका उम्मेदवारहरु कृष्णमाया श्रेष्ठ, ज्ञानु राई, मञ्जु कार्की, मनकला लङ्वा (लिम्बू), रेजीना हिङमाङ, दिलकुमार राई, भोगेन्द्रकुमार राई, सुरेन्द्र राई (आठपहरिया) विजयी भएका हुन् । यसैगरी सहिदभूमिमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा प्रकाश राई, सावित्रा राई, दिवानी राई, मधु भण्डारी, विनिता राई र वालिका विश्वकर्मा छन् ।

छथरजोरपाटी गाउँपालिकामा गठवन्धनको तर्फका उम्मेदवार विजयी भएका छन् विजयी हुनेमा रामबहादुर राई, फूर्वा रेन्जि शेर्पा, धनमाया विक, मिना लिम्बू, रामप्यारी विष्ट र मिङ्मा शेर्पा रहेका छन् । महालक्ष्मी नगर कार्यपालिकामा पनि गठवन्धनको वहुमत आएको छ । गठवन्धनको तर्फबाट उम्मेदवार वनेका याम लिम्बूखिम, मिना खपाङ्गी, कमला सुन्दास, मनकुमारी वि.क., गोकर्ण तुम्वा निर्वाचित हुँदा नेकपा एमालेबाट अम्विका थापा, प्रिन्सा थापा र कुलवहादुर सुन्दास निर्वाचित भए ।

चौविसे गाउँ कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु देवकुमारी गजमेर, लक्ष्मी माया मगर, वेनु याखा, छलमाया राई, नारायणकुमार परियार र शारदा देवान निविरोध भएका छन् । यसैगरी साँगुरीगढी गाउँपालिकामा नेकपा एमालेका बाट वालकृष्ण राई, भलकमान राई, उर्मिला राई, वुद्धिकुमारी लिम्बू, ज्योति राई, निर्मला दर्र्जी रहेका छन् । निर्वाचित कार्यपालिका सदस्य मध्ये भलकमान राई गोलाप्रथाबाट निर्वाचित भएका हुन् ।

पाख्रिवास नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको एकल वहुमत आएको छ । आज सम्पन्न कार्य पालिका निर्वाचनमा नेकपा एमालेका प्यानल उम्मेदवार नै विजयी भए । विजयी हुनेमा तारादेवी ढकाल (धमला), विष्णुमाया विश्वकर्मा, गिता परियार, सितादेवी वस्नेत, सरिता कार्की, इन्द्रकुमार राई, नगेन्द्र राई, रुप वहादुर विश्वकर्मा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।