धनकुटामा मोटरसाइकल दुर्घटना, एक जनाको मृ’त्यु
धनकुटा,१८ जेठ । मोटरसाइकल दुर्घटना हुंदा धनकुटामा एक जनाको मृ’त्यु भएको छ ।
बुधबार विहान धनकुटाबाट धरान तर्फ जादै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिका ६ मा अनियन्त्रित भई दुर्घटना हुदाँ घाइते भएका मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपालिका १० घर भई धनकुटा बस्दै आएका २४ बर्षिय पुरन राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृ’त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा
काठमाडौँ, १८ जेठ (रासस): काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।
बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकले विभिन्न विषयगत समिति (आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति) गठन गरेको छ । कूल ११ वडा रहेको टोखा साविकका झोर, महाँकाल, टोखा, धापासी र गोँगबु गाउँ विकास समिति मिलेर निर्माण भएको हो ।


