धनकुटामा गठबन्धनको तर्फबाट विजयी जनप्रतिनिधिलाई नेपाली कांग्रेस धनकुटाद्वारा शुभकामना तथा बधाई ज्ञापन

धनकुटा,२२ जेठ । नेपाली कांग्रेस धनकुटाले स्थानिय तह निर्वाचनमा गठबन्धनको तर्फबाट विजयी भएका उम्मेदवारहरु लाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

धनकुटामा आज एक कार्यक्रमका विच कांग्रेसले नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य सहित वडा सदस्यहरु लाई बधाई ज्ञापन गरेको हो ।

बधाई ज्ञापन कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदाम्बे, प्रदेश १ का महामन्त्री भूपेन्द्र राई नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, उपसभापति निर्मल प्रसाद ओझा, सुनिल डंगोल लगायत नेताहरुले बिजयीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

सोहि अवसरमा निर्वाचनमा पालिका स्तरमा खटिएर गठबन्धन लाई बिजयी गराउने जिल्ला नेता तथा पालिका सभापती र अन्य नेता लाई सम्ममान गरिएके थियो ।

बधाई तथा शुभकामना कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदाम्बेले गठबन्धले जितेका स्थानिय तहमा नमुना काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गर्नु भएको थियो साथै उहाँले गठबन्धन लाई प्रदेश र संघको निर्वाचन सम्म निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।

सिद्धान्त नमिल्ने शक्तिहकु देश र जनताको भलाईका लागि एक ठाउँमा आएको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृतिको अन्तका लागि र देशको संविधान र व्यावस्था जोगाउनका लागि गठबन्धन लाई निरन्तरता दिनु आजको आवश्यता रहेको उहाँको भनाई थियो ।

साथै उहाँले कांग्रेसले मात्र देश लाई निकास र विकास दिने जनताले बुझेकाले संसदमा कमजोर रहेको अवस्थामा स्थानियतहको निर्वाचनमा सबै भन्दा धेरै स्थान जिताएर थप जिम्बेबारी दिएको समेत बताउनु भयो ।

कार्यक्रममा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर धुव्रराज राया, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा लगायत नेपाली कांग्रेसका धनकुटाका पदाधीकारी, सदस्य गाउँपालिकाका सभापती तथा पदाधीकारी, सदस्य ,महाधीवेसन तथा महासमिती सदस्य, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधी, पत्रकार लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖