धनकुटामा कांग्रेसले संझौता उल्लंघन ग¥यो : जसपा
धनकुटा,२४ जेठ । जनता समाजबादी पार्टी नेपाल धनकुटाले चुनाव अघि धनकुटामा गठबन्धनमा आवद्धदलहरु बिच भएको संझौताको नेपाली कांग्रेस धनकुटाले उल्लङ्गघन गरेको आरोप लगाएको छ ।
धनकुटामा आज पत्रकार सम्मेलन गर्दै जसपाले यस्तो आरोप लगाएको हो । बैशाख १५ गते भएको संझौता अनुसार जिल्ला समन्वय समितीको प्रमुख आफ्नो दलले पाउने सहमती भए पनि मंगलबार उम्मेदवार मनोनयन प्रकृयामा अगाडी बढाउने क्रममा कांग्रेसले आफ्नै पाटी बाट उम्मेदवार पठाएर आफूहरु लाई धोका दिएको जनता समाजबादी पार्टी नेपाल धनकुटा कार्यबहाक अध्यक्ष पार्वती राईले बताउनु भयो ।
लिखित रुपमा भएको संझौता लाई लत्याएर कांग्रेसले अपमान जनक राजनैतिक बेइमानी गरेको जसपाका नगर इन्चार्ज गोपाल लिम्बुले बताउनु भयो । एउटा जिम्बेवार राजनैतिक दलले सझौता गररे त्यसको कार्यन्वय नगर्नु दुखद रहेको जसपाको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा जसपा नेता जीवन चिवा,जसपा सचिव जिल्ला सहसचिव डम्बर कटुवाल, प्रवक्ता सन्तबीर लामा लगायतको उपस्थिती रहेको थियो ।


