मंसिर दोस्रो साता देखि धनकुटा महोत्सव तथा औद्योगिक मेला एवम् कृषि प्रर्दशनी २०७९ हुने
धनकुटा । ‘कृषि,पर्यटन,उद्योग र व्यापार, समुन्नत धनकुटाको आधार’ भन्ने मूल नाराका साथ मंसिर दोस्रो साता देखि धनकुटा महोत्सव तथा औद्योगिक मेला एवम् कृषि प्रर्दशनी २०७९ धनकुटामा गर्ने निर्णय भएको छ ।
जसका लागि तयारी शुरु गरेको धनकुटा उद्योग बाणिज्य संघले आज जनाएको छ । धनकुटा उद्योग बाणिज्य संघ संयोजक तथा जिल्लाका सात वटै स्थानीय तहको र सरोकारवालको सहयोगमा मंसिर १६ देखी २६ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय भएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राईको संयोजकत्वमा संयोजन तथा सञ्चालन समिति गठन गरी सातै पालिका र सरोकारवालाहरुसंग समन्यव, छलफल, अन्र्तक्रिया गर्दै र परियोजना प्रस्ताव पेश गर्ने निर्णय भएको संघका महासचिव राम गोङ्वा तामाङ्गले जानकारी दिनुभयो ।
धनकुटाका सात वटै पालिकाको पहिचान झल्कने सामाग्री र ती पालिकामा उत्पादन हुने हस्तकला, घरेलु उद्योगका समाग्री,कृषि समाग्रीहरु प्राथमिक्ताका साथ महोत्सवमा प्रर्दशन गरिने संघले जनाएको छ ।
महोत्सवमा सातै पालिकाका सवै जात जातिका कला संस्कृती पहिचान झल्कने गित, नृत्य सहित झाँकी प्रस्तुत, राष्टीय तथा अन्तराष्टिय स्तरका कम्पनी र उद्योगले उत्पादन गरेका आर्कषक सामाग्रीहरु समेत मेलामा राखिने छ ।
महोत्सवलाई भव्य र ऐतिहासिक बनाउन व्यापक तयारीमा जुट्ने कार्य शुरु गरिएको संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ले वताउनु भयो ।
संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष खगेन्द्र विष्ट,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेवती अधिकारी,अम्विका धमला,शोभा श्रेष्ठ,रेजिना पलिखे,लिजा श्रेष्ठ,रिदम श्रेष्ठ,उज्वल कर्माचार्य, नगेन्द्र काफ्लेले आ आफ्नो धारणा राख्दै महोत्सवको आवश्यक तयारीका लागि सवै सक्रिय हुने पर्नेमा जोड दिएका थिए ।


