सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृ’त्यु

सुनसरी, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन् । प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान ९ बजे भएको सवारी दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोसी करिडोरले सडक स्तरोन्नति गरिदिने
फुङ्लिङ, ९ असार (रासस) :ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ । करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो ।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले कोसी करिडोर आयोजनाको २२० केभी प्रसारण लाइनको सबस्टेशन निर्माण हुँदै आएको छ । सबस्टेशन आयोजना प्रभावित क्षेत्र दोभान–तिरतिरे–तेल्लाबुङ हुँदै वनपाला क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नति करिडोरले गर्ने भएको हो । सबस्टेशन निर्माणका सामग्री ढुवानी गर्दा प्रयोग हुने उक्त सडकखण्डा स्तरोन्नति गर्ने सहमति भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

आयोजनाको बजेटको परिधिका आधारमा सडक स्तरोन्नतिको काम कार्यान्वयन गर्ने निर्णयसमेत भएको जिल्ला क्षतिपूर्ति निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । आयोजनाले सडक स्तरोन्नतिको कार्य गर्ने भएपछि सो सहमति कार्यान्वयन गराउनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष वनेमको भनाइ छ । हिउँदभर सञ्चालनमा आई हाल बन्द भएको मदन भण्डारी मार्गलाई वर्षा मौसममा पनि नियमित सञ्चालन गर्ने गरी गाउँपालिकाले पहल सुरु गरेको छ ।

यस्तै आयोजनाको कार्य अर्थात् विद्युत् प्रसारण लाइन विस्तार गर्दा मैवाखोला–१ र २ ढुङ्गेसाँघु तथा वडा नं ३ साँघुसम्म नै असर पु¥याउने देखिएको छ । विद्युत् टावर निर्माण गर्दा दायाँ–बायाँ १५–१५ मिटरभित्रको क्षेत्रमा असर पुग्ने भएकाले उक्त क्षेत्रमा पर्ने निजी जग्गाको साथै संरचना हटाउँदा आयोजनासँग क्षतिपूर्तिको मूल्याङ्कन विषयमा समन्वय भइरहेका आयोजनाले जनाएको छ ।

संरचनाको लागत मूल्याङ्कन गर्नलाई सहरी विकास तथा भवन निर्माण कार्यालयल इलामलाई पत्राचार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।