घुस सहित भुमीगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ
सर्लाही, ९ साउन भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन् ।
सर्लाहीका डिभिजन प्रमुख ढकाल र चौधरीले ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
ढकाल र चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानी गर्ने क्रममा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले दुवैजनालाइ पक्राउ गरेको हो ।
अख्तियारका अनुसार ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस त लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरूसँगवाट मोबाइल ३ मोबाइल पनि बरामद भएको छ । यसवारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


