सहिदभुमि गाउँपालिकामा गोलभेडा खेती सम्बन्धी ब्यवसायिक सीप विकास तालिम सम्पन्न
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ३ मा संचालित ५ दिने गोलभेडा खेती सम्बन्धी ब्यवसायिक सीप विकास तालिम सम्पन्न भएको छ ।

सहिदभुमि महिला विकास साखाको आर्थिक सहयोग तथा वडाको आयोजनामा ५ दिन सम्म सञ्चालन गरिएको तालिममा वडा नं ३ स्थित पातलडाडा महिला समुहका २० जना महिला दिदीबहिनीको सहभागी थियो । तालिममा कृषि विकास शाखाका सहायक प्रमुख खिर प्रसाद राईले प्रशिक्षण दिनु भएको थियो ।
तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष मनोज राईले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो । गाउँपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेर कृषिलाई आधुनिकिकरण यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण , सिपविकास तालिमलाई निरन्तरता दिइरहेको बताउनु भयो ।
वडा नं ३ का वडा अध्यक्ष होम बहादुर राईले कार्यक्रममा बोल्नु हुदै तालिममा सिकेको कुरालाई सदुपयोग गरेर आर्थिक उन्ति तर्फ लाग्नुपर्नेमा जोडदिनु भयो । साथै उहाले व्यवसायीक खेति तर्फ लाग्न यो तालिमले सहयोग पुग्ने छ भन्दै थप आवाश्यक सहयोग गर्न वडा तयार रहेको प्रतिवद्वता व्यक्त गर्नुभयो ।
त्यस्तै गरि तालिममा सहभागीलाई विउपुँजी अनुदान स्वरुप नगद जनहि ३-३ हजार प्रदान गरिएको छ । उन्नत जातको टमाटरको बीउ खरिद गर्न जनही १५ सयका दरले यातायात खर्च समेत वितरण गरिएको वडा अध्यक्ष होम बहादुर राईले बताउनु भयो ।


