पत्रकार सम्मेलनमा अवरोध
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा उप–मेयरले गरेको पत्रकार सम्मेलनमा अवरोध गरेका छन् ।
उप–मेयर नम्रता देउजा(गौतम)ले मेयर ज्ञानबहादुर गुरुङ्गले बोका बितरण र नगरसभाको बिषयलाई लिएर आफूलाई गा’लीगलौज र कु’टपिट गर्न खोजेको भन्दै पत्रकार सम्मेलन गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा उपमेयरले आफ्ना कुरा राख्ने क्रममा केही ब्यक्तिहरु पत्रकार सम्मेलन भईरहेको नगरपालिकाको भवनमा प्रवेश गरेपछि उपमेयरले मेयरमाथि लगाएको आरोप झुटो भएको भन्दै उनीहरु आवेशमा आइ हल्ला गर्नमा उत्रिएका थिए ।
महिला तथा उक्त स्थानमा आएका अन्य यूवाहरुले मेयरबिना एकल रुपमा पत्रकार सम्मेलन गर्न नमिल्ने भन्दै बिरोध गरेका थिए ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईलाई अतिथीका रुपमा राखेर गरिएको उक्त पत्रकार सम्मेलनलाई उनीहरुले एमालेकरणको नाम दिएका थिए । उनीहरुले उप–मेयर र पत्रकार महासंघका अध्यक्ष राईलाई केहि समय हलबाट निस्कन अवरोध गरेका थिए ।
यस बिषयमा मेयर गुरुङ्गले केहि दिन अघि आफ्ना बिषयमा मानहानी हुनेगरी एकलौटी झूटो समाचार आएकाले आफन्त तथा महिलाहरु पत्रकार सम्मेलन भएको स्थानमा पुगेको जानकारी दिनुभयो ।नगरको बिषयमा पत्रकार सम्मेलन गर्दा उपमेयरले एकल रुपमा गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो ।
‘नगरको बिषयमा पत्रकार सम्मेलन गर्दा मेयर -उपमेयरले संयुक्त गर्नुपर्छ’–गुरुङ्गले भन्नुभयो ।‘ एक्लै गर्नेभए आफ्नो पार्टी कार्यालय वा पत्रकार महासंघतिर गर्नुपर्छ ।’
केहि हप्ता अघि रातारात बोका बितरणको विषयलाई लिएर मेयर,उपमेयर र कर्मचारीहरु बीच बिवाद हुंदा नगर सभा स्थगित भएपछि नगरको बिवाद चुलिंदै गएको छ ।


