धनकुटाको छथरजोरपाटीमा करेन्ट लाग्दा एक जनाको मृ’त्यु

धनकुटा,१६ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा आज करेन्ट लाग्दा एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा छथरजोरपाटी गाउँपालिका १ हात्तिखर्क माबिबुङ्गका २९ बर्षिय लक्ष्मण लिम्बु रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

स्थानिय शम्भु लिम्बुको घरमा बिग्रिएको बिद्युत बनाउन बिद्युतको पोलमा चढि बनाउने क्रममा करेन्ट लागि मृ त्यु भएको र अहिले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

नेप्से परिसूचकमा उछाल
काठमाडौँ, १६ असार (रासस):धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अङ्कले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।

नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर रु दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अङ्कले उकालो लागेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब पाँच अर्ब १५ करोड ९६ लाख १६ हजार ४६५ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु नौ करोड ९५ लाख २० हजार ६३० बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु सात करोड ९७ लाख ६८ हजार १७१, एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ९९ लाख ३० हजार ९९९, अरुण काबेली पावर रु पाँच करोड ८३ लाख ८९ हजार ६२२, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रु पाँच करोड ६९ लाख ३९ हजार ७७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

पन्ध्र कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि

नेप्सेका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, नयादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसीएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौँको ऋणपत्र २ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖