९ जना विद्यार्थीहरुलाई ७२ हजार बराबरको छात्रवृत्ति प्रदान
धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकाले दलित समुदायका स्नातक तह वा सो भन्दा माथि अध्ययन गरिरहेका ९ जना विद्यार्थीहरुलाई ७२ हजार बराबरको छात्रवृती प्रदान गरेको छ ।
गाउँपालिकाले दलित कार्यक्रम अन्तरगत स्नातक तह वा सो भन्दा माथि अध्ययन गर्ने ९ जना विद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रवृती प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष मनोज राई , उपाध्यक्ष रत्नश्वरी राई , शिक्षा शाखा प्रमुख उमेश राईले विद्यार्थीहरुलाई छात्रावृती प्रदान गरेका थिए ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुको नामावली
१.अरुण अछामी
२.विपिन वि.क
३.सीमा वि.क
४.विनिता विश्वकर्मा
५.धन बहादुर महरा
६. सम्झना मग्राती
७.शुष्मा मग्राती
८.लक्ष्मी शाहसंकर
९.कमल बहादुर विक


