गाँ’जा वैधानिक महाअभियानको धनकुटामा हस्ताक्षर अभियान आजदेखि शुरु
धनकुटा,२३ असार । गाँ’जा वैधानिक महाअभियान,खाल्सा छिन्ताङ्ग धनकुटाले नेपालको गाँ’जा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै बृहत् धनकुटामा हस्ताक्षर अभियान आजदेखि शुरु भएको छ ।
धनकुटाको मदनचौकमा आजदेखि बृहत् हस्ताक्षर अभियान शुरु गरिएको गाँ’जा वैधानिक महाअभियान धनकुटाका संयोजक तिर्थ राईले बताउनु भयो ।
गाँ’जा वैधानिक महाअभियान संसद देखि व्यापारी, सर्वसाधारण, व्यावसायीहरुले समेत हस्ताक्षर अभियानमा सहभागि भई रहेको संयोजक राईले बताउनु भयो ।
गाँ’जाबाट विभिन्न प्रकारका औषधी,तेल,लत्ताकपडा,झोला,जुत्ता लगायतका विभिन्न सामाग्रीहरु निर्माण हुने र हजारौ युवाहरु उद्यम व्यवसायमा लागेर मनग्य आर्थिक समृद्धि हासिल हुन सक्ने हुनाले सरकारले वैधानिकता प्रदान गरेर जान पर्ने महाअभियानका प्रवक्ता नरेन्द्र कश्चितले बताउनु भयो ।
जिल्लाभरि हस्ताक्षर अभियान संकलन पश्चात् नेपाल सरकारलाई उक्त हस्ताक्षर बुझाइने गाँ’जा वैधानिक महाअभियान,खाल्सा छिन्ताङ्ग धनकुटाले जनाएको छ ।


