धनकुटामा खैरो हिरोइन सहित २ जना पक्राउ
धनकुटा,२३ असार । जिल्ला प्रहरी कार्यालय धनकुटाले अवैध लागु औषध खैरो हिरोइन सहित २ जना लाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका वडा नं ६ बिचबजार बाट उनिहरु लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका वडा नं२ बस्ने बर्ष १९ को अनिल तामाङ र सोही स्थानका २२ बर्षिय सन्देश पिठाकोटे रहेको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट सानो सानो प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको खैरो रंगको खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थको स साना पोका ६ थान समेत गरी अन्दाजी १ ग्राम ५०० मिलिग्राम अवैध लागु औषधखैरो हिरोइन बरामद गरेको र असार २३ गते जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।


