सहिदभूमिका किसानलाई २९ लाख ६७ हजार बराबरको फलफूलको विरुवा सहित विभिन्न सामाग्री वितरण

धनकुटा । सहिदभूमि गाउपालिका धनकुटाले किसानलाई २९ लाख ६७ हजार बराबरको फलफूलको विरुवा सहित विभिन्न सामाग्री वितरण गरेको छ ।

गाउपालिकाको आर्थिक वर्ष २०७८ ।७९ का लागि संघ सरकारबाट प्राप्त सर्सत बजेट मार्फत २९ लाख ६७ हजार बराबरको ३५ वटा कृषि समुहहरुलाई फलफूलका विरुवा , पाइप, हिल ट्याङकी ,भर्याङ लगायतका सामाग्री खरिद गरेर वितरण गरिएको गाउपालिकाको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनु भयो ।

वितरण कृषि सामाग्रीहरुमा ५ सय लिटरको १ सय २ थान हिल ट्याङकी , २५ एमएमको १८ हजार मिटर सिचाईका लागि पाईप ,फलफूल टिपने भर्याङ आलमुनियमको ३८ थान , आपको विरुवा आम्रपाली र माल्डा ८ सय वोट ,लिचि ३ सय , एभोकाडो २५ सय वोट , सुन्तला ग्राफ्टीङ ९ हजार र कागतीको विरुवा ८ हजार वितरण गरिएको छ ।

गाउंपालिका अध्यक्ष मनोज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रशाससकीय प्रमुख लोचन प्रसाद दाहाल , कृषि शाखाका कर्मचारी लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

गाँउपालिकाले फलफूल तथा नगदे बाली विस्तार गरी व्यवसायीक उत्पादन प्रवद्र्धनको माधयम बाट पालिकाको किसानको आयस्तरको स्रोत बढाएर कृषिमै आत्मा निर्भर बनाउने प्रयास र प्रयत्न गरिरहेको गाँउपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖