धनकुटामा अटो टेम्पु दु’र्घटना,दुई घाइते
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ सिम्सुवा नजिक कोशी लोकमार्गमा आज विहान अटो टेम्पु दु’र्घटना हुँदा दुईजना घाईते भएका छन् ।
सिम्सुवाबाट मुलघाट तर्फ जाँदै गरेको को २ ह ३९३७ नम्बरको अटो टेम्पु अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा अटो चालक सोही स्थानका वर्ष ५० को राजेश राई र अटोमा सवार धनकुटा नगरपालिका ६ का वर्ष २२ का रोहन खड्गी घाईते भएको प्रहरीले जनाएको छ ।
चालक राईको देव्रे खुट्टा र देब्रे हातमा चोट लागेको र खड्गीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय भेडेटारले जनाएको छ ।
घाईते चालक राईलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र खड्गीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । अटो पुर्णरुपमा क्षति भएको छ ।


