पाख्रीबासमा नमुना बन्दै सिहंदेवी नर्सरी फर्म
जीवनप्रसाद राई/पाख्रीबास, धनकुटा । पछिल्लो समय नेपालमा फलफुल तथा फुलको नर्सरी ब्यवसायिक बन्दै गएको छ । यो अवसरले धनकुटा जिल्लालाई समेत समेटेको छ ।
फलफुलको नर्सरीको बढी अवसर धनकुटा जिल्लाको ७ वटा पालिकाहरु मध्ये धनकुटा नगरपालिकाले बढी लिएको देखिन्छ । पाख्रीबास नगरपालिकामा फलफुलको नर्सरी यदाकदा हुने गरेको भए पनि फुलको नर्सरी भने भर्खरै स्थापना गरिएको छ । श्री सिहंदेवी नर्सरी फर्मले २०७८ सालको शुरुवात देखि नै फलफुल तथा फुलको नर्सरी स्थापना पाख्रीबास वडा ४ शनिबारे हटियामा गरेको हो ।
नर्सरी धनी हेमलता तिम्सिना कृषि प्राबिधिक अध्ययन गरि आंशिक रुपमा बिभिन्न संघसंस्थाहरुमा सम्झौता कार्यव्रmम समेत गर्ने गर्दछन । उनको नर्सरीमा हाल कफी, आँप, लिची, हलुवावेद, अम्बा, दालचीनि, रुख कटहर, एभोकाडो, कागती, सुन्तला, ड्रागनफल, मेकाडामियानट, पार्किया लगायतका फलफुलका बिरुवाहरु उपलब्ध रहेको छ ।
यसैगरि बिभिन्न सिजनल फुलहरुको समेत नर्सरी उपलब्ध रहेको छ । बिभिन्न ठाँउबाट माग भई आएका र काठमाण्डौ पठाउन सकिने फुलहरुको नर्सरी समेत क्रमिक रुपमा राख्ने काम समेत गरिरहेका छन । यो कार्यका लागि उनका श्रीमान बलराम खड्काले सघाई रहेका छन ।
पुर्वी नेपालको पहाडि जिल्लामा बढ्दो फलफुल बिरुवाको माग रहेको र फुल तथा डेकोरेशन जन्य वनस्पतिहरुको माग समेत निकै बढेको कारण आफुले यो ब्यवसायमा हात हालेको हेमलता बताउँछन । तेह्रथुम, भोजपुर, संखुवासभा, धनकुटा लगायतका पहाडि जिल्लाहरुमा फलफुलको बिरुवा पठाउन सकिने र फुलको ब्यवसायिक उत्पादन गरि काठमाण्डौ तथा पोखरामा पठाउन सकिने हुनाले यसको धेरै ठुलो बजार भएको उनी बताँउछन ।
भरखरै मात्र शुरु गरेकोले आफुले पनि सिक्दै गएको र यो ब्यवसायलाई थप बिस्तार गर्नका लागि थप जमिनको जोहो गरिरहेको उनले बताए । उनले भने भारतको सिलगुढी र नेपालको बिभिन्न ठाँउबाट आफुले फुलहरुको बिरुवा ल्याउने गरेको र फलफुलको बिरुवा भने नेपालमै संकलन गरि तयारी गर्ने गरेको बताए ।
आगामी दिनमा पार्किया, मेकाडामियानट, कफी तथा फुलको लागि सबैभन्दा धेरै नर्सरी तयारी गर्ने तथा नर्सरी सम्बन्धी बिभिन्न तालिमहरु समेत चलाउने उनको योजना रहेको छ । निरन्तर रुपमा कार्य गरियो भने बजार खोज्ने होईन कि बजार खोज्दै आउनेछ । हेमलता तिम्सिनाले उत्साहित हुदै भने । केहीलाई रोजगारी दिने, परिवार चलाउने र छोरीहरुलाई पढाउने सम्पुर्ण जोहो यही नर्सरीबाटै गर्ने उनको योजना रहेको कुरा तिम्सिना बताउँछन ।






