धनकुटामा सवारी दुर्घटना,एक घाइते
धनकुटा । धनकुटा नगर पालिका १ सुकेपोखरी स्थित कोशी लोकमार्गमा आज सवारी दूर्घट्ना भएको छ ।
काकडभिट्टा बाट तेह्रथुम जादै गरेको मे १ ख २९८१ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्र १-०२-०४९ प २५९७ नम्बरको मोटरसाईकल एकापसमा ठक्कर खाई दुर्घट्ना हुदा मोटर साईकल चालक धनकुटा नगर पालिका १ बस्ने बर्ष २९ का बिजय तामाङ घाईते भएका छन् ।
उनको बाँया खुट्टामा गम्भिर चोट लागि उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
बस चालक र मोटरसाईकल प्रहरी चौकी हिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


