धनकुटाबाट ला’गुऔ’षध गाँ’जा र १७ हजार रुपैया सहित एक व्यक्ति पक्राउ
धनकुटा । धनकुटाबाट ला’गुऔ’षध गाँ’जा र १७ हजार रुपैया सहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका वडा नं ५ घर भई हाल धनकुटा नगरपालिका ७ मा डेरा गरि बस्दै आएका वर्ष २८ को राकेश राई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
राइमाथि शंका लागि प्रहरीले उनको कोठामा गई खान तलासी गर्दा साथबाट १७ हजार रकम फेला पारेको र सोधपुछ गर्दा अञ्जु बिश्वकर्माको डेरा कोठा भित्र ला’गू औ’षध लुकाई छिपाई राखेको भनि उनले नै जानकारी गराएपछि तत्काल अञ्जु बिश्वकर्माको कोठामा खान तलासी गर्दा अ’बैध ला’गू औ’षध गाँ’जा २ दुई किलो, ला’गू औ’षध को’रेक्स ३ बट्टा, नाइट्रोजेपाम ६० चक्की, स्पास्पेन ११५० चक्की र ट्रामोल १२१० चक्की फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई जिल्ला अदालत धनकुटाबाट म्याद गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई अनुसन्धानका लागि राखिएको छ ।
प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता
काठमाडौं, १३ साउन/प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।
सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।


