धनकुटाको बेलहारा डांडामा एयरपोर्ट निर्माण गर्न माग सहित प्रम देउवालाई ज्ञापन पत्र
धनकुटा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले संघ र प्रदेशको निर्वाचन जित्न निर्देशन दिनु भएको छ ।
पार्टी धनकुटा जिल्लाका नेता कार्यकर्ता र निर्वाचित जनप्रतिनीधिहरु सँग सरकारी निवास वालुवाटारमा भएको भेट उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । उहाँले अब धनकुटामा पार्टी संगठन राम्रोहुदै गएकाले आगामी संघ र प्रदेशको निर्वाचन जित्न व्यापक ढंगले लाग्न जिल्ला स्तरिय नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
भेटको क्रममा प्रधान मन्त्री देउवा समक्ष धनकुटाको टोलीले धनकुटा अस्पताललाई स्तरोन्नती गरी सेवा विस्तार गर्दै शिक्षण अस्पताल मेडिकल कजेल बनाउन, धनकुटाको बेलहारा डाडामा एयरपोर्ट निर्माण गर्न , हिलेमा रहेको नेपाली सेनाको पूर्व कमाण्ड अन्र्तगत सैनिक अस्पताल र सैनिक विद्यालय स्थापना गर्न, धनकुटाको शहिद परिवारहरुलाई आर्थिक सहयोग र रोजगारको व्यवस्था गर्न ,धनकुटा बजार क्षेत्रमा व्यवस्थित ढल निर्माण गर्न, भेडेटार सहितका क्षेत्रहरुलाई पर्यटन क्षेत्रको रुपमा थप विकास गर्न बजेट माग गर्दे माग पत्र बुझाएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
जवाफमा प्रधान मन्त्री देउवाले टोलिले राखेका मागहरु क्रमश पुरा गर्दै जाने आश्वाशन दिनुभयो ।
सार्क पत्रकार मञ्चको नेपाल शाखा विस्तार
काठमाडौँ, १४ साउन (रासस) :दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले आज विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) का प्रकाश सिलवालको संयोजकत्वमा गठित समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल सङ्ग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करन ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल र माधवप्रसाद तिवारी रहनुभएको छ ।
यस्तै नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्रबहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य रहनुभएको छ । समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्ययोेजना र पदाधिकारी तय गर्नेछ ।
सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित सो मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । सङ्गठनको हालसम्म दक्षिण एशियाका मुलुकका शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ ।
दक्षिण एशियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरुका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्याङ्कन गर्न मञ्चले भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एशियाली सदस्य राष्ट्रको पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्नेछ ।


