धनकुटाका ७ हजार ८ सय १२ जना विद्यार्थी मध्ये २ सय ९५ जनामा कार्यगत सिमितता रहेको विवरण सार्वजनिक

धनकुटा,१४ साउन । धनकुटाका २ सय ८४ सामुदायीक विद्यालयका ७ हजार ८ सय १२ जना विद्यार्थी मध्ये २ सय ९५ जनामा कार्यगत सिमितता रहेको विवरण सार्वजनिक गरिएको छ ।

मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक नेपाल) ले धनकुटामा आज गरेको सबैका लागि पढाइ कार्यक्रम अन्र्तगत सेवा प्रदायक र सरोकारवाला निकाय बीच जिल्ला स्तरीय छलफल कार्यक्रममा यस्तो जानकारी गराईएको हो । जस मध्ये हेराई समस्या भएका ३४ जना , सुनाइ समस्या भएका ३२ जना शारिरीक समस्या भएका ६४ जना र मनोसामाजिक समस्या भएका १सय ६५ जना रहेको समावेशी शिक्षा कार्यक्रम संयोजक खिन्द्र अधिकारीले जानकारी दिनु भयो साथै यी मध्ये ८७ जना लाई उपचारमा सहयोग गरिएको समेत उहाँको भनाई रहेको थियो । साथै संयोजक अधिकारीले संस्थाको तर्फ बाट गरिएका कामहरुको जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा बोल्ने बतmाहरु नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, डा रामप्रसाद पोख्रल आँखा अस्पतालका सभापती एवम् धनकुटा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रोशेष श्रेष्ठ, जिल्ला समन्वय समिती धनकुटाकी उपप्रमुख सावित्रा राई , जिल्ला समन्वय समितीका प्रमुख निरेन तामाङ्ग लगायतले अपाङ्गगता भएका बालबालिकाहरुको सिकाई सहजिकरणका लागि हुसाडेक नेपालले गरेको कामको प्रसंशा गर्दै अपाङ्गगता भएका वालवालिकाहरुले समेत अन्य बालबालिका सरह शिक्षा पाउने वातावरण सबैले मिलाउन सहयोग गर्नु पर्ने धारण राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य हुसाडेक नेपालका उपाध्यक्ष कृष्णगोविन्द अधिकारीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सबैका लागि पढाइ कार्यक्रमका अधिकृत अंकित थापाले गर्नु भएको थियो कार्यक्रममा जिल्ला समन्वय प्रमुख, उपप्रमुख र ७ नम्बर वडाका वडा अध्यक्ष लाई सम्मान समेत गरीएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖