५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन

नारायण कुमार राई /साउन १५,धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ५१ सदस्यीय अखिल नेपाल महिला युवा संघ प्रदेश समिति गठन गरेको छ ।

संघको धनकुटा भएको प्रथम प्रदेश भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा १८ देखि ३० बर्ष उमेर समुहका युवा महिलाहरुलाई समेटेर समिति गठन गरेको हो ।

प्रदेशका संयोजक मेनुका काफ्लेको अध्यक्षतामा शनिबार र आइतबार धनकुटामा सम्पन्न भेलापछि पत्रकार सम्मेलन आयोजना गरी नयाँ समितिका बिषयमा जानकारी दिएको छ ।

संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिव सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङ चयन हुनुभएको छ ।

भेलाले मुल्यवृद्धि नियन्त्रण, सर्वस्वीकार्य रुपमा प्रदेशको नामाकरण, नागरिकता विद्येयक फिर्ता, यौनजन्य हिंसा नियन्त्रण, साइबर अपराध रोकथाम लगायतको माग राख्दै घोषणापत्र जारी गरिएको छ ।

भेलामा एमालेमा आवद्ध प्रदेश १ भरिका महिला तथा धनकुका महिला सभासद्,स्थानिय निकायका नि.वर्तमान तथा वर्तमान उपाध्यक्ष महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं अनेम संघ केन्द्रिय आयोजक कमिटी सचिव सुजिता साक्यले महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖