काठमाण्डौ महानगरले पाख्रीवासलाई सहयोग गर्ने

धनकुटा । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले धनकुटाको पाख्रीवास नगरपालिकालाई सहयोग गर्ने बताउनु भएको छ ।

आज काठमाण्डौंमा भएको दुईपक्ष बीचको भेटमा उहाँले पाख्रीवास नगर र काठमाण्डौं महानगर बीचको भगिनी सम्बन्धलाई सम्वन्धलाई कायम राख्दै महानगरको तर्फबाट पाख्रीवासलाई सहयोग गर्ने बताउनु भएको हो ।

उप मेयर डंगोललाई महानगरमा पुगी पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग,नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्गले भेटघाट तथा छलफल गरेका थिए ।

छलफलको क्रममा पाख्रीवास नगरपालिकाका मेयर गुरुङ्गले काठमाण्डौ महानगरपालिकाको तर्फबाट पाख्रीवास नगरपालिकालाई भैरहेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सम्वन्धमा अझ राम्रो हुने र सहयोग प्राप्त भैरहने विश्वास व्यक्त गर्नु भयो ।

बक्रकुण्डमा मेला
नारायण कुमार राई/धनकुटा,१७ साउन । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले नागपञ्चमीको अबसरमा हिलेको बक्रकुण्ड महेश्वर मन्दिरमा मेलाको आयोजना गरिएको छ ।

मन्दिरको १२ औ स्थापना दिवशको अवसर पारेर आयोजक बक्रकुण्ड महेश्वर मन्दिर हिलेले उक्त मेलाको आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथी तथा धनकुटा नगरपालिकाका मेयर चिन्चन तामाङ्गले पानसमा बत्ति बालेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उत्घाटन गर्दै मेयर तामाङ्गले उक्त क्षेत्रको धार्मिक पर्यटनको बिकासका लागि नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाली सेना पूर्वी कमाण्ड हिलेका प्रमुख,वडा नं.१ र १० का अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगाएतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष लालचन गोङ्वा(तामाङ्ग) ले मन्दिर ब्यबस्थापन तथा सरसफाईमा सहयोग गर्ने सबै ब्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।