रोटरी क्लव अफ काठमाण्डौद्वारा धनकुटाको पाख्रीवास नगरपालिकालाई गुणस्तरीय मास्क प्रदान
धनकुटा । रोटरी क्लव अफ काठमाण्डौले धनकुटाको पाख्रीवास नगरपालिकालाई गुणस्तरीय मास्क प्रदान गरेको छ ।
पछिल्लो समय पुन कोरोना भाईरस संक्रमण दर बढ्दै गएकोमा यसबाट बच्न क्लवले नगरलाई ३ सय ३ वटा के एन ९५ मास्क प्रदान गरेको हो ।
मास्क पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्गलाई क्लव अध्यक्ष सुरेश मान सिंहले हस्तान्तरण गर्नुभएको थियो । मास्क ग्रहण गर्दै मेयर गुरुङ्गले क्लवलाई धन्यवाद ज्ञापन गर्नुयो ।
क्लवका अध्यक्ष सिंहले आगामी दिनमा समेत विभिन्न क्षेत्रहरुमा सहयोग गर्ने वताउनु भयो ।


