महालक्ष्मीमा पहिरोले २ घर पुरिंदा २ जना घाइते , ७० लाख बराबरको क्षति
धनकुटा,२० साउन । धनकुटाको महालक्ष्मी नगरपालिका २ लाप्टाङ्गमा आज विहान पाहिरोले २ घर पुरिंदा २ जना घाइते भएका छन् भने ७० लाख बराबरको क्षति भएको छ ।
पहिरोले स्थानिय तिलक बहादुर कटुवालको घर पुरिंदा तिलक बहादुर कटुवाल र उनकी छोरी मित्रमाया कटुवाल घाइते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
उपचारका लागि उनिहरु लाई विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । साथै सोही स्थानकी कोषमाया बुढाथोकीको घर समेत पहिरोले बगाएको छ ।
पहिरोले घर कोषमायाको घर भित्र रहेको लता कपडा, खाद्यन, मोवाइल , सुन, चाँदी नगद सहित करिब ४० लाख बराबरको क्षेती भएको छ भने तिलक बहादुर कटुवालको घर पुरीदा लता कपडा, खाद्यन, मोवाइल , सुन, चाँदी नगद सहित करिब ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाको संचार शाखाले जानकारी दिएको छ ।


