मजदुरहरुको समस्याबारे नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय र प्रदेशका नेताहरुबीच धनकुटामा छलफल
धनकुटा । मजदुरहरुको समस्याबारे नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय र प्रदेशका नेताहरुबीच धनकुटामा छलफल भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई,१ नम्वर प्रदेशका अध्यक्ष नरायाण बाबु कार्की र नेपाल यातायत मजदुर संघका १ नं प्रदेश अध्यक्ष पूर्ण प्रधान लगायतका नेताहरुसंग नेपाल ट्रेड युनियन कांग्रेसका धनकुटका अध्यक्ष विगेन्द्र याक्खा,केन्द्रिय प्रतिनिधि तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले भेटघाट गरी सो विषयमा छलफल गरेका हुन् ।
छलफलमा नेपाल टे«ड युनियन कांग्रेस जिल्ला अध्यक्ष याक्खा,केन्द्रिय प्रतिनिधि राईले धनकुटामा मजदुरहरुको विद्धमान अवस्था कस्तो छ ? समस्या के-के छन् ? र समस्याको समाधान कसरी गर्न सकिन्छ ? भन्नेबारे जानकारी गराएका थिए ।


