धनकुटामा हिउंदको लागि बर्खामै पानीको जोहो
धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्बर पाँच डाँडाबजार र मोरङको केराबारी गाउपालिका पाटीगाउँमा बर्खाको समय बाहेक अन्य समयमा खानेपानीको हाहाकार हुन्छ ।
हिउँदका लागि बर्खामै बलेसीको पानी जम्मा गरेर राख्नुपर्छ । ड्रम, घैंटो र बोतलमा राखेको पानीकै भरमा यहाँका बासिन्दा वर्षको ६ महिना गुजार्न बाध्य छन् ।
मोरङको पाटीगाउँको थामडाँडाका मोहन राईको आँगन भरी
प्लाष्टिकका बोतल छन् । उहाँको आगन र घर बरीपरी करिब दुइ हजार दुइ लिटर र अढाइ लिटरका बोतल छन् । उहाँले यो बर्खामा घर नजिकै जम्मा भएको बोतलको पानी यि बोतलमा भरेर हिउदको लागि जोहो गर्नु छ ।
खाने पानीको कुनै पनि श्रोत नभएकाले हिउँदमा पानीको संकट टार्न यस गाँउका बासिन्दाले बर्षातको समयदेखिनै यसरी बोतलमा पानी भरेर राख्नुपरेको हो । यो क्षेत्रमा मोरङको केराबारी गाँउपालिका वडा नम्बर एक तर्फ थाम डाँडा सुर्के र जैतुन पार्क गरी तिन टोलमा करीब एक सय परिबारको बसोबास छ ।
त्यस्तै धनकुटाकाको साँगुरी गढि गाँउपालिका तर्फका चुलीध्वजे, पल्लोध्वजे, बालुवाटार, भद्राक्ष, ओडारे टोलमा करिब १५० परिबार बसोबास गदै आएका छन् । दुबै जिल्लाका २५० परिबारले कुनैन कुनै रुपमा पानीको यो समस्या भोग्दै आएका छन् । यसरी जम्मा गरिएको पानी हिउदमा कपडा धुन, सिचाइ तथा बस्तुभाउलाइ दिन प्रयोग गर्ने गरेको स्थानिय बिजय राइ बताउनु हुन्छ ।
त्यसो त यो क्षेत्रमा पानीको समस्या अहिले देखिको मात्रै हैन । पहिले देखिनै पानीको समस्या रहेको स्थानिय बताउछन् । बाउ बाजेले टाढाको खोला खोल्सीवाट ल्याएर पानिको जाहो गर्ने गरेको थिए । तर पछिल्लो समय ड्रम, बिभिन्न पेय पदार्थका बोतल पाउन थाले पछि केहि बर्ष यता स्थानियले बर्खाको पानि जोहो गर्नथालेको हुन् ।
कपडा धुन, सिचाइ तथा बस्तुभाउलाइ दिन बर्खाको पानी जम्मा गरे पनि हिउदमा खानेपानी जोहो गर्न भने स्थानियलाइ अहिले पनि सकस छ । हिउदमा खानेपानीको जोहो गर्न अहिले पनि करीब दुइ घण्टा टाढाको मुहनवाट पानी ल्याउनु पर्ने बाध्यता छ । खानेपानीको जोहो गदै बिहान बित्ने गरेको स्थानिय कल्पना राइ बताउनु हुन्छ ।
त्यसो त यो ठाउमा खाने पानी ल्याउन पहन नभएको भने हैन । केहि बर्ष अघि विदेशी खाताको सहयोगमा स्थानिय ध्वजे डाँडामा कुहिरोबाट पानी संकलन गर्ने परियोजना निर्माण गरे पनि त्यो सफल हुन नसक्दा स्थानियको समस्या लम्बीएको हो ।
अहिले पनि सो क्षेत्रको लागि प्रदेश सरकारको सहयोगमा करीब दुइ करोड रुपैयाको लागतमा स्थानिय खोला वाट लिफ्ट गरी पानी ल्याउने तयारी रहेको सागुरी गढि गाँउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष खड्ग बहादुर लिम्बुले जानकारी दिनुभयो । गत आर्थिक बर्षवाट सुरु भएको सो लिफ्ट आयोजनाको ट्याङ्की निर्माण बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।


