धनकुटामा पनि आज यसरी मनाइयो गाई जात्रा पर्व
धनकुटा,२७ साउन । धनकुटामा समेत आज गाई जात्रा पर्व मनाईएको छ । बिशेष गरी नेवारी समुदाय बसोबार गर्ने धनकुटा सदरमुकाम सहित जिल्लाका अन्य स्थानमा यो पर्व मनाइएको हो । भाद्र कृष्ण प्रतिपदाका दिन यो पर्व मनाउने गरिन्छ ।
अघिल्ला बर्षहरुमा कोराना महामारीका कारण सीमत रुपमा पर्व मनाइएको थियो । एक बर्ष भित्र दिवङ्गगत भएका आफन्तको संझनामा आजका दिन गाई वा मानिस लाई गाईका रुपमा श्रृंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन रहेको छ । यसरी नगरपरिक्रमा गर्नाले बर्ष भरी मृ’त्यू भएका व्यातिmहरु गाईको पुच्छार समाइ बैतरणी नदि पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, जनतालाई आ(आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनूु भनी आज्ञा दिएको आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य रहेको छ ।यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको समेत इतिहासमा उल्लेख गरेको पाइन्छ ।


म्याग्दीको रिखारमा यस वर्षदेखि नियमित पूजा
गलेश्वर, २७ साउन (रासस) :जनैपूर्णिमाका दिन म्याग्दीको रिखार क्षेत्रमा सप्तऋषिको विशेष पूजाआजासहित मेला लाग्ने लागेको छ । हिन्दूहरुको धार्मिक ग्रन्थ श्रीमद्भागवतका अनुसार सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष पूजासहित मेला आयोजना गरिएको हो ।
दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा यस वर्ष स्वास्थ्य मापदण्डको पालना गरी क्षमा पूजासहित मेला आयोजना गरिएको हो । धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिने पवित्र रिखार क्षेत्र रघुगङ्गा गाउँपालिका–८ कँुइनेमङ्गलेमा पर्दछ । यो क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त छ ।
हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वैदिक समाजका आरम्भकर्ता सप्तऋषीलाई मानिन्छ । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धौलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखेको र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख छ ।
पुराणमा उल्लेख भएअनुसार पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा र सप्तऋषि गुफा यस क्षेत्रमा छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।
हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा वर्णन गरिएको भए पनि यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो । सप्तऋषिले तपस्या गरेको यस क्षेत्रमा हरेक वर्ष विशेष पूजाआजासहित मेला लाग्छ । यस वर्ष सावधानी अपनाएर पूजालाई निरन्तरता दिइएको रिखार युवा क्लबका संरक्षक अङ्कीत पुनले बताउनुभयो ।
रिखार क्षेत्र समुद्री सतहदेखि चार हजार छ सय मिटरको उचाइमा अवस्थित छ । यहाँ पुग्ने हरेक भक्तजन र पर्यटक यहाँको प्राकृतिक छटा देखेर लोभिने गर्दछन् । पछिल्लो समय कुँइनेमङ्गले नजिक सवारी साधन पुगेपछि यस वर्ष यहाँ उल्लेख्य भक्तजन आएका क्लवका संरक्षक पुनले बताउनुभयो ।


