हाम्रो बहुमुखी पाठशाला धनकुटाको हिलेमा शाखा विस्तार
धनकुटा । हाम्रो बहुमुखी पाठशाला धनकुटाले हिलेमा शाखा विस्तार गरेको छ ।
आज एक कार्यक्रमका बिच हिले बिच बजारमा पाठशालाले आफ्नो शाखा उदघाटन गरेको हो ।
शाखा उदघाटन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाको मेयर चिन्तन तामाङ ,उपमेयर भिमा खनाल, वडा अध्यक्ष वाङद तामाङ, हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गोङवा लगायतले शुभकामना मन्तव्य राख्दै हिलेबजारलाई साँस्कृतिक माध्यमबाट पर्यटन क्षेत्र विकास गर्न पाठशालाले टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनिहरुले पाठशाला शाखालाई आवाश्यक साथ सहयोग गर्न तयार रहेको प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा हिले बजारका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित थियो ।
पाठशालाले विभिन्न डान्स तथा जुम्वा क्लास लगायतका क्रियाकलाप सञ्चालन गर्दै आईरहेको छ ।


