धनकुटामा असोज पहिलो साता देखि दशै-तिहार फुड फेस्टिवल
धनकुटा । धनकुटामा दशै तिहारको अवसरमा असोज पहिलो साता देखि दुई हप्ते दैश तिहार फुड फेष्टिभल तथा दशै तिहार मेला आयोजना हुने भएकोछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले फुड फेष्टिभलको आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा वसेको बैठकले दशै तिहारमा सस्तो मुल्यमा दैनिक उपभोग्य सामाग्री तथा लत्ता कपडाहरु उपभोक्ताहरुलाई विक्री वितरण गर्न, विभिन्न परिकारहरुको खानेकुराहरु स्वाद चखाउन दशै तिहार फुड फेष्टिभल तथा मेला अशोज ७ गते देखी दुई हप्ता सम्म आयोजना गर्ने निर्णय गरेको हो ।
मेला सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष श्रेष्ठको संयोजकमा ५१ सदस्यीय मुल आयोजक समिति,निर्वतमान अध्यक्ष विजय सन्तोषी राईको संयोजकत्वमा सात सदस्यीय फुड फेष्टिवल तथा मेला व्यवस्थापन समिति,उपाध्यक्ष कुसुम रानाको संयोजकमा स्वागत तथा सत्कार समिति,उपाध्यक्ष मनकला लिम्बुको संयोजकमा अनुगमन समिति,महासचिव अम्विका धमला संयोजक र पुष्पा लिम्बु सहसंयोजक रहनु भएको ५ सदस्यीयमञ्च तथा कार्यक्रम व्यवस्थापन समिति, सचिव रुपेश श्रेष्ठ संयोजक,हिरा राई सहसंयोजक र सदस्य भोगेन्द्र राई रहनु भएको स्वयम सेवक परिचालन समिति,कोषाध्यक्ष हरी वहादुर लम्जेल संयोजक,सहसंयोजक र सहसंयोजक जुनु राई रहनु भएको ७ सदस्यीय प्रचार प्रसार तथा आर्थिक समिति गठन गरिएको छ ।
दुई हप्ता सम्म संचालन हुने मेलामा लत्ता कपडा,दैनिक उपभोग्य समाग्री विक्रि वितरणका लागि स्टलमा राखिनुका साथै राई,लिम्बु,नेवार,मगर ,तामाग,आठपहरिया,व्रामण क्षेत्री,शेर्पा,भूजेल लगायत विभिन्न जात जातिहरुको जातिय परिकार र नेपाली खानाको विभिन्न परिकारहरुको स्टल रहने र बाल बालिकाहरुका लागि बाल उद्यानका स्टलहरु राखिने छ साथै स्थानीय तथा राष्टिय स्तरका कलाकारहरुको बजोड प्रस्तुती समेत रहने मेला व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।
५० वटा स्टल रहने उक्त दशै तिहार फुट फेस्टिवल तथा दशै तिहार मेलामा करीव पाच करोड वरावरको आर्थिक कारोवार हुने अनुमान गरिएकाे छ ।


