धनकुटामा `जनताको साथमा नेपाली कांग्रेस´ अभियानको तयारी

धनकुटा । नेपाली कांग्रेस धनकुटाले भोलि देखि जिल्लाभारि सञ्चालन गर्न लागेको `जनताको साथमा नेपाली कांग्रेस´ अभियानको तयारी पूरा भएको
जनाएको छ । आज धनकुटा आयोजित अन्र्तक्रिया कार्यक्रममा त्यस्तो जानकारी दिईएको हो ।

धनकुटाको ६० वटा वडा, सवै टोल र सात पालिकामा सञ्चालन गरिने यो अभियानको धनकुटा कांग्रेसले आज जिल्ला पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्था र सल्लाहकारहरुसंग अन्र्तक्रिया गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो।

अन्र्तक्रियामा नेपाली पार्टीका केन्द्रिय सदस्य तथा यूवा नेता राजिब ढुंगानाले प्रदेश र संघको निर्वाचनमा धनकुटाका तीनै सिटमा गठबन्धनले जित्ने वताउनु भयो । उहाले `जनताका साथमा नेपाली कांग्रेस अभियान´ले जनतामा नया उत्साह ल्याउने उल्लेख गर्नुभयो ।

जिल्ला सभापति दिनेश राईको अध्यक्षमा सम्पन्न अन्र्तक्रियामा उपसभापति निर्मल प्रसदा ओझाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उदेश्य जिल्ला सचिव राईले प्रकाश पार्नु भएको थियो ।

अन्तरक्रियामा प्रदेश सांसद लिला सुब्बा,पार्टीका १ नं प्रदेशका सदस्य मिना तुम्बा,सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई लगायतले याे अभियानले कांग्रेसको पक्षमा जनलहर ल्याउने वताए ।

अभियान भाद्र १० गते उद्घाटन भई भाद्र २४ गते वि पि जयन्तीका दिन सम्म गरी १५ दिन सम्म धनकुटा जिल्लाभरी संचालनहुने नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖