‘जनताको साथमा कांग्रेस अभियान’ धनकुटा नगरको टोल टोलमा
धनकुटा । धनकुटा नगरपालिकामा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले आज देखि जनताको साथमा कांग्रेस अभियान शुरु गरी टोल टोलमा अभियान संचालन गर्न प्रतिनिधि खटाएको छ ।
अभियानलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले यो अभियानले पुन मतदाता सँग कांग्रेस व्यापक रुपमा जोडिने वताउनु भयो ।
पार्टीका धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठको अध्यक्षतमा सञ्चालित अभियानमा प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, प्रदेश सभा क्षेत्रिय कार्य समितिका उपसभापति मिलन खड्गी,सदस्य कुसुम जोशी श्रेष्ठ,नगर कार्य समितिका उपसभापतिद्धय अमित लो तामाङ र अभिषेक कर्माचार्यले अभियानले टोल टोलमा कांग्रेसजनलाई सक्रिय बनाई निर्वाचनको माहोल सिर्जना गर्ने वताए ।
सो अवसरमा नगर सचिव लोकेन्द्र खड्काले कार्यक्रमको उदेश्य प्रकाश पार्नु भएको थियो ।
त्यसैगरी पार्टीका वडा नं १ का सभापति वीर वहादुर तितुङ्,वडा नं २ का सभापति राज कुमार राई,वडा नं ३ का सभापति पदम भण्डारी,वडा नं ४ का सभापति गोविन्द्र मैनाली,वडा नं ५ का सभापति धन कुमार राई,वडा नं ६ का सभापति रुपेश श्रेष्ठ,वडा नं ७ का उपसभापति कुमार श्रेष्ठ,वडा नं ८ का उपसभापति भोगेन्द्र राई,वडा नं ९ का सभापति प्रेम खत्री कार्यपालिका सदस्यहरु मञ्जु कार्की,कृष्णमाया श्रेष्ठ लगायतले यो अभियानले गठबन्धनका उम्मेदवारहरुलाई जनमत सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने वताए ।


