पाथीभरा क्षेत्रमा घुम्ती शौचालय र डिजिटल घडी

फुङ्लिङ, २० भदौ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी राखिने भएको छ । सनराइज बैंक शाखा ताप्लेजुङले पाथीभरा क्षेत्र प्रयोग गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिलाई आवश्यक सामग्री उपलब्ध गराएसँगै सो क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी हुने भएको हो ।

बैंकले तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ । बैंकका डेपुटी जनरल म्यानेजर रवीनकुमार नेपालले समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्री उपलब्ध गराएको छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबेले पाथीभरा क्षेत्रमा तीर्थालुलाई सहयोग पुग्नेगरी सामग्री दिएर सनराइज बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताउनुभयो ।

सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले पाथीभरा क्षेत्रमा तीर्थालुका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । बैंकले समाजका आधारभूत आवश्यकतालाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उहाँले बताउनुभयो ।

सनराइज बैंकले केही समयअघि मात्र विपद् र सामाजिक कार्यमा प्रयोग हुने २० थान ठूलो खालको त्रिपाल जिल्ला समन्वय समितिलाई हस्तान्तरण सनराइज बैंकका फुङ्लिङ शाखा प्रबन्धक अनिल श्रेष्ठले जानकारी दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।