टंक माविमा विद्यार्थीका लागि खाजा मेनु- भुटेको मकै,सुठुनी,चाम्रे
धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँ स्थितको श्रीमान टंक माविमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक आमा समूहको पुर्नगठन गरिएको छ ।
पूर्नगठित समूहको अध्यक्षमा युवादेवी थापा,उपाध्यक्षमा कमला मगर, सचिवमा रुपा वनेम, कोषाध्यक्षमा सम्झना विक रहेका छन् । अन्य सदस्यहरुमा सन्ध्या घिमिरे,हिरा लामिछाने,योगशिला घिमिरे,तारा बस्नेत,यशोदा दर्नाल,देवि दर्जी,अनिता खनाल,सञ्जिता तामाङ,पवित्रा भण्डारी,चन्द्रकला मगर,गिता बस्याल र अनिता खनाल रहेका छन् ।
बैठकले खाजा व्यवस्थापन सम्बन्धमा कक्षा नर्सरीदेखी ६ सम्मको दिवा खाजा (EMIS) मा ईन्ट्रि भएका विद्यार्थीहरुको नामावली अनुसार मात्र खाजा रकम आउने भएकोले निर्धारित समयमा विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभिावकलाई मात्र रकम वितरण गर्ने, दिवा खाजालाई एकरुपता दिन खाजा मेनु तयारी अभिभावकले खाजा व्यवस्थापन गरी पठाउने समेत निर्णय भएको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
तयार गरिएको खाजा मेनु अनुसार शुक्रवार भुटेको मकै/सिजनल आलु,पिडालु,सुठुनी, शनिवार भुटेको भात÷अण्डा, आलु, चाम्रे आईतवार हलुवा, रोटी (सिजनल फलफुल), मंगलवार भुटेको चिउरा,दही चिउरा,दुध लगायत छन् ।




