सोह्र श्राद्ध सुरु भए संगै धनकुटामा सालका पातको कारोबार पनि बढ्यो

धनकुटा,२६ भदौ । सोह्र श्राद्धमा बढी प्रयोग हुने सालका पातको कारोबार र मूल्य धनकुटामा दुवै बढेको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा दिवंगत पितृका नाममा सिदादान दिनका लागि बढी प्रयोग हुने भएकोले सालको पातको मूल्य र कारोबार दुबै बढेको हो ।

प्राय सबै महिनामा सालको पात बिक्रि हुने गरेको भए पनि यो समय भने मुख्य सिजन भएकोले अन्य समयमा ३० वा ३५ रुपैयाँमा १ मुठा पात बिक्रि हुने गरेको भए पनि अहिले ५० रुपैयाँ भन्दा माथी रहेको पात विक्रेता केशरीरानी राईले बताइन्न् ।

उनले भनिन्न् अरु बेला हप्तामा १ बार मात्र पात बिक्रि हुने गरेको थियो त्यो पनि बजारमा ढुलाएर तर अहिले सोह्र श्राद्धको समय आएकोले अडर अनुसार घर घर मै लगेर पात बिक्रि गर्ने गरेका छौ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖