बलेन्द्र ठाडाको अध्यक्षतामा लिसिम्बु कृषि सहकारी संस्थाको ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन
धनकुटा । लिसिम्बु कृषि सहकारी संस्थाको १० ओै साधारण सभाबाट बलेन्द्र ठाडाको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा भरत घिसिङ ,सचिव मजेन्द्र घिसिङ रहेका छन् । अन्य सदस्यहरुमा बासुदेव घिसिङ ,निर्मला मस्र्याङ्गी ,मनमाया मोक्तान , धन माया ठाडा रहेकाछन् ।
यस्तै सहकारीको लेखा समिति संयोजकमा गणेश मस्र्याङ्गी र सदस्य विवराज घिसिङ रहेकाछन् । यस्तै ऋण समिति संयोजकमा मंगलसिंह घिसिङ, ज्ञान बहादुर घिसिङ र बाग्मती घिसिङ रहेकाछन् ।
सहकारीको सल्लाहकारहरुमा बलराम घिसिङ ,खेमराज घिसिङ ,रुद्र मस्र्याङ्गी र सुब्लाल घिसिङलाई चयन गरिएको सचिव मजेन्द्र घिसिङले जानकारी दिनु भयो ।
सहकारीको आर्थिक वर्ष २०७७/७८ को आम्दानी ७४ लाख ३९ हजार ५ सय रहेको छ भने खर्च तर्फ ७६ लाख ३९ हजार २४ रुपैयाँ रहेको छ ।


